राजनीति

मेचीनगर ३ को गठबन्धन टिम मत माग्दै घरदैलोमा

बडाखाल । नेपाली काग्रेस मेचीनगर ३ को गठबन्धन दलको घरदैलो चुनावी अभियान तिब्र रुपमा भइरहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा ४ दलको सयुक्त गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न घर घर पुगीरहेका छन् । गठबन्धनमा नेपाली काग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजबादीको सयुक्त गठबन्धनसहित चुनावी मैदानमा उत्रिएको हो ।

नेपाली काग्रेसका तर्फबाट अध्यक्ष सन्तोष दाहाल, महिला सदस्य रिता थापा, दलित महिला सदस्य सुमित्रा दर्नाल, माओवादी केन्द्रका खुल्ला सदस्य दिपक भण्डारी र एकिकृत समाजवादीका तर्फबाट सदस्य धनबहादुर मगर चुनावी मैदानमा छन् । जनता समाजवादीको समेत सहभागिता रहेको छ ।

काग्रेसका धनबहादुर अधिकारी, दिपक थापा, सरद भट्टराई, गोकुल राया, माओवादीका नगर इन्र्चाज पुष्प गुरगाई, वडा अध्यक्ष चन्द्र दास, समाजवादीका नेता मेगेन्द्र थापा, संघिय समाजवादीका केन्द्रीय सदस्य अग्निमाया मेचे, नगर कोषाध्यक्ष लोकबहादुर सुब्बालगायत अभियानमा सक्रिय भएर लागेका छन् । नेकपा एमालेले नेतृत्व गर्दै आएको यो वडामा काग्रेस इतिहास रच्ने अभियानका साथ चुनावी अभियानमा होमिएको छ ।