संघ \संस्था

गोरखा जेसिजले गर्यो विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

बाहुण्डाँगी । आइतवार गोरखा नगरपालिका–५ स्थित चिल्ड्र्ेन पार्कमा वृक्षारोपण गरिएको हो । गोरखा जेसिज गोरखाले हरेक बर्ष जस्तै यसबर्ष पनि दिवसको अवसर पारेर वृक्षारोपण गरेको जेसिजका कोषाध्यक्ष राजेस श्रेष्ठले बताए ।

कपुर, धुपी, कल्की लगायतका १०० बिरुवा रोपिएको श्रेष्ठले बताए ।

उक्त वृक्षारोपण कार्यक्रममा गोरखा जेसीज बर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टको अध्यक्षता तथा जेसिजका कार्यकारिणी उपाध्यक्ष दिनेश दानीको संयोजकत्वमा भएको कार्यक्रममा गोरखा नगरपालिकाका पुर्ब मेयर राजनराज पन्त, वडा नम्वर ५ का अध्यक्ष खिल बहादुर राना, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, गोरखा जेसिजका पूर्व अध्यक्ष भगवान बाबु मास्के, उमेश गुरुङ, राजिव अधिकारी, नेपाली सेना, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी लगायत जेसीज सदस्यहरुको सहभागीता रहेको थियो ।