संघ \संस्था

एरिया कन्फ्रेन्सको पूर्व तयारीका लागि इन्द्रपुरमा व्यवस्थापन तालिम

बाहुण्डाँगी । इन्द्रपुर जेसीजको आतिथ्यतामा भदौ १७ र १८ गते हुने क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनको पूर्व तयारीका लागि व्यवस्थापकीय तालिम सम्पन्न भएको छ ।
नेपाल जेसीजको बार्षिक कार्य योजनाभित्र रहेको क्षेत्रीय सम्मेलन यो वर्ष इन्द्रपुरले गर्दैछ । सम्मेलनका लागि आवश्यक विभिन्न पक्षको व्यवस्थापनका निम्ति तालिम आयोजना गरिएको शाखाका अध्यक्ष भवानी ढकालले बताउनु भयो । तालिम नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम एरिया ए का निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले प्रशिश्रण गराउनु भएको थियो । तालिममा शाखाका पूर्व अध्यक्ष, शाखाका पदाधिकारी इन्द्रपुर जुनियर जेसीजका पदाधिकारी, तथा सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको सबै तयारी सुरु भएको अध्यक्ष ढकालले बताउनु भयो ।