अन्य

पोखरा लेडी जेसीजको खुसी नेतृत्व सम्बन्धि तालिम सम्पन्न

बाहुण्डाँगी । पोखरा लेडिज जेसिज को आयोजना र पोखरा महानगरपालिका वार्ड न ४ को सहकार्यमा आयोजना गरिएको Happy leader change the world training विषयक तालिम सम्पन्न भएको छ । प्रमुख प्रशिक्षक नेपाल जेसीजका पूर्व अध्यक्ष जेसिआई सिनेटर विकल शेरचनको प्रशिक्षणमा संचालित उक्त सम्पन्न भएको हो । तालिममा यस क्षेत्रका ५५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सफल नेतृत्वका लागि खुसी नेतृत्व हुनु पर्ने कुरामा जोड दिएइको थियो ।
पोखरा महानगरपालिका वार्ड नं ४ को सभाहलमा भएको कार्यक्रमको उद्घाटन वार्ड नम्बर ४ का वार्ड अध्यक्ष देव कृष्ण पराजुलीले गर्नु भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अथिति पराजुलीले महिलाहरुले पनि यो देशको नेतृत्वमा आफ्नो योगदान देखाउन सक्छन्, सफल नेतृत्व कारण देशको युवाहरुले परिवर्तनलाई अगाडि बढाउन उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने धारणा राख्दै सबैलाई देश विकासमा अगाडि बढ्नका लागि आग्रह गर्नु भयो । साथै उहाँले यस किसिमका तालिम र अभ्यासको माध्यम द्वारा जीवनलाई परिवर्तन गराउँदै अगाडि बढ्नलाई पनि आग्रह गर्नु भएको थियो। त्यसै गरी वडा सदस्य पार्वती माकाजुले पोखरा लेडिज जेसीजले गरेको यो तालिमबाट धेरै महिलाहरु लाभानवित हुने भन्दै खुसी व्यक्त गर्नु भएको थियो। शाखाकी निवर्तमान अध्यक्ष विनिता सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम संयोजक इन्द्राणी चालिसे सुवेदीले गर्नु भएको थियो भने सञ्चालन महासचिव प्रमिला सुवदीले गर्नु भएको थियो ।