संघ \संस्था

मेचीनगर लेडीको जेसीज सप्ताहमा एकैदिन आँखा शिविर र आत्मरक्षा तालिम

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको २०२२ को जारी जेसीज सप्ताह अन्तरगत शुक्रवार एकैदिन दुई वटा कार्यक्रम सम्पन्न भएका छन् । बुधवारबाट सुरु भएको सप्ताहको कार्यक्रम अन्तरगत शुक्रवार अरनिको मावि मेचीनगर ७ मा निःशुल्क आँखा परिश्रण र छात्राहरुका लागि आत्मारक्षा तालिमको आयोजना भएको छ ।

सप्ताहको तेस्रो तथा शुक्रवारको पहिलो कार्यक्रम आँखा परिश्रण गरिएको थियो । स्वस्थ्य विद्यार्थी स्वस्थ्य आँखा भए मात्र विद्यार्थीको पढाइमा सजिलो हुने भन्दै शाखाले यहाँ अध्यानरत विद्यार्थीहरुको आँखा परिश्रण गरेको हो ।


काँकरभिट्टा आई केयरको प्राविधिक सहयोगमा भएको परिश्रणमा ३६५ जना विद्यार्थीहरुले आँखा जाँज गराएका सप्ताहकी मुल संयोजक तथा कार्यकारीणी उपाध्यक्ष रेजिना श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रमको संयोजक सुकु तामाङ तथा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल रहनु भएको थियो ।


यसैगरी, सोही विद्यालयमा आयोजित छात्रा आत्मरक्षा तालिममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सहजीकरण गरिदिएको थियो । पछिल्लो समय बढ्दै गएको यौन दुव्र्यवहारलाई न्यूनिकरण गर्नका लागि छात्राहरुका लागि उक्त आत्मारक्षा तालिमको आयोजना गरिएको हो । जसमा सोही विद्यालयका माथिल्लो कक्षाका छात्राहरुको सहभागिता रहेको थियो ।

उपाध्यक्ष रश्मि प्रधान संयोजक तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो प्रमुख अतिथि रहुन भएको थियो ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष प्रलाद ओली, वडा सदस्य मिनामाया लिम्बू, शाान्ता दर्नाल, प्रधानाध्यापक विशाल भट्टराई, शाखाकी पूर्व अध्यक्ष टिका सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


दुई वटै कार्यक्रमको अध्यक्षता शाखाकी २०२२ की अध्यक्ष सिता पुरी गिरीले गर्नु भएको थियो भने कार्यक्रममा पूर्व अध्यक्षहरु उषा श्रेष्ठ, शोभा श्रेष्ठ, सुनिता पनेरु, शाखाका पदाधिकारी तथा स्थानीय अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । दुइ वटै कार्यक्रमकाmे सञ्चालन महासचिव पवित्रा प्रसाईले गर्नु भएको थियो ।