अन्य

काँग्रेसले गर्यो विपीको स्मृति दिवसमा मेचीनगरमा रक्तदान

झापा । झापाको मेचीनगरमा ३२ जनाले रक्तदान गरेका छन् । विपि कोइरालाको ४०औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस मेचीनगर ७ वडा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रगत दिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी धुलाबारी र विर्तामोड शाखाको प्राविधिक सहयोगमा इटाभट्टा चोकमा आयोजित कार्यक्रममा १ महिला र ३१ पुरुष गरि ३२ जनाले रक्तदान गरेका हुन् ।

नेपाली काँग्रेस मेचीनगर ७ का सभापति कञ्चन बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि रोहित बुढाथोकी, धर्मराज घिमिरे, प्रदेश सभपति हरि बुढाथोकी, प्रदेश प्रतिनिधि रुपसागर अधिकारी, युद्धराज ओली, क्षेत्रीय सचिव सुरेन्द्र बुढाथोकी, नगर उपसभापती योगेन थापामगर, नगर सह सचिव दिपक काफ्ले, वाड उपसभापति माधव आचर्य, सचीव रमेश भेटवाल, कोषअध्यक्ष बिशाल बुढाथोकी, तरुण प्रदेश सदस्य चन्दन गौताम, तरुण वडा सभापति सुनिल गुप्तालगायतको आतिथ्यता रहेको थियो ।