समाचार

जीप दुर्घटना हुदा गाउँपालिका उपाध्यक्षसहित १६ वेपत्ता

काठमाण्डौ, अषाढ ३ । कर्णाली नदिमा मंगलबार अपरान्ह जीप दुर्घटना हुदा १६ जना वेपत्ता भएका छन् ।
हुम्लाको खार्पुनाथा गाउँपालिबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप नदिमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएको प्रहरीले जनाएको छ ।
अहिले नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भईरहेको छ । घटना के कारणले भएको हो भन्ने अनुसन्धान भईरहेको हुम्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।

Leave a Reply

Your email address will not be published.