अर्थ

झापाको काँकरभिट्टामा नबिल बैंकको शाखा विस्तार

झापा । होटलै होटलको शहरको रुपमा परिचित काँकरभिट्टा पछिल्लो समय बैकहरुको शहरको रुपमा पनि विकशित हुदैछ । झापाको मेचीनगर स्थित काँकरभिट्टा शहरले आकार लिदैगर्दा अहिले क वर्गका बैंकहरुको नजर पनि यस क्षेत्रमा पर्न थालेको छ । अहिले करिब दर्जनको हाराहारीमा क बर्गका बैकले आफ्नो शाखा काँकरभिट्टामा राखिसकेका छन् ।

यसैबिच काँकरभिट्टामा नबिल बैकको १६०औँ शाखा कार्यालय उद्वघाटन भएको छ । आज प्रदेश सांसद श्रीप्रसाद मैनालीले सो कार्यालयको उद्वघाटन गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि मैनालीले बैंकहरुले कृषिजन्य उत्पादनमा लगानी गर्न जोडदिनु पर्ने बताए ।

कार्यक्रममा विषेश अतिथिमा मेचीनगरका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी, अतिथिहरुमा नगरका उपप्रमुख मिना पोखरेल, बाणिज्य संघका केन्द्रीय सदस्य केशबराज पाण्डे, नबिल बैकका कार्याकारी अधिकृत अध्यक्ष ज्ञानेन्द्र ढुगाँनाका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।