बाहुण्डाागी । राप्ती जेसीजले २०२२ को जेसीज सप्ताह असोज ९ गतेबाट सुरु गरेको छ । सप्ताह अन्तर्गत उद्घाटन समारोहमा राष्ट्रिय आधारभूत विद्यालयमा वृक्षारोपण कार्यक्रम गरेको छ । वातावरणलाई हराबरा बनाउने उदेश्यका साथ विद्यालय परिसरमा वृक्षारोपण गरेको सप्ताहको मुल संयोजक विवेक गैरेले बताउनु भयो । शाखाकी अध्यक्ष विन्दु सिञ्जाली मगरको सभापतित्व तथा राप्ती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य ओम पुन, शाखाका निवर्तमान अधयक्ष दिनेश सेढाइलगायतको सहभागिता रहेको शाखाका कानुनी सल्लाहकार सुजन थापाले बताउनु भयो ।

कार्यक्रम संयोजक जेसी उमाकान्त सुवेदी रहनु भएको थियो ।
यसैगरी सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम सिहंदेवि मन्दिर राप्ती–८ सरसफाइ एवं सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो । विन्दु सिन्जाली मगरको सभापतित्व तथा वडा नम्बर ८ का निवर्तमान वडा सदस्य, सिहंदेवि मन्दिर व्यवस्थापन समिति अध्यक्ष बोध प्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेस सेढाई, संस्थापक कानुनी सल्लाहकार चुडा प्रसाद सिलवाललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

यसैगरी सप्ताहको तेस्रो दिन मंगलवार राष्ट्रिय आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शेक्षिक सामाग्री वितरण गरिएको कानुनी सल्लाहकार सुजन थापाले बताउनु भयो । उक्त कार्यक्रमको संयोजक संयोजक जेसी विवेक गैरे रहनु भएको थियो ।

शाखाकी अध्यक्ष विन्दु सिन्जाली मगरको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद महत्तोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेश सेढाई निवर्तमान प्रधानाध्यापक नारायण सिहं लामा रहनु भएको थियो । सप्ताह अन्तर्गत बुधवार दशैको अवसर हुने विभिन्न घटनाहरुलाई मध्यनजर गर्दै सचेतना मुलक अडियो सामाग्री प्रशारण कार्यक्रम रहेको महासचिव अभियान पाठकले बताउनु भयो ।



