संघ \संस्था

बीसहजार जेसीजको सप्ताह सुरु, असहाय विद्यार्थीलाई स्टेसनरी वितरण

बाहुण्डाँगी । बीसहजार जेसीजको २०२२ को जेसीज सप्ताह सुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह सुरु गरिएको हो । बीसहजार जेसीजका अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न जेसीज सप्ताह उद्घाटन कार्यक्रमको नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सिनेटर खनालले मुलुकमा मानवता हराउँदै गएको वताउँदै यसको रक्षाको लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने वताउनु भयो । अहिलेको असहज तथा यथास्थितीवादी नेतृत्वले नेपाली राजनीतिले गति लिन नसक्ने वताउँदै राजनीतिमा युवाहरु स्थापित हुनुपर्नेमा जोड दिँदै खनालले जेसिज युवाहरु राजनीतिमा स्थापित हुन आग्रह गर्नुभयो ।


कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर साही विशेष अतिथी रहनु भएको थियो । यसैगरी कार्यक्रममा बीसहजार जेसीजका पुर्व अध्यक्षहरु सुरज हमाल, जनकराज घिमिरे, सन्तोष मजाकोटी, भरतपुर ११ व्वाईज क्लवका अध्यक्ष आदर्श तिवारीलगायतको सहभागिता रहेको थियो । यसैगरी विसहजार जेसिजले जेसिज सप्ताह अन्तरगत आईतवार भरतपुर ११ स्थित मन्जुश्री असहाय केन्द्रमा स्टेशनरी वितरण गरेको छ । कार्यक्रमको सञ्चालन महासचिव बिजय न्यौपानेले गर्नु भएको थियो ।