समाचार

मेला भरेर फर्कने क्रममा बसले ठक्कर दिदाँ एक जनाको ज्यान गयो

कनकाई । कनकाई माई मेला भरेर फर्कने क्रममा पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ गरमकाली पेट्रोल पम्प अगाडि आइतवार वेलुकी ६ बजे यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्रीलाई अहिले ६ बजे साँझ ठक्कर दिदा कनकाई नगरपालिका ६ का ४४ बर्षिय केशव नेपालको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले ठक्करदिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।