संघ \संस्था

मेची उद्योग बाणिज्य संघको मतगणना आज बिहान ९ बजेदेखि

मेचीनगर । मेची उद्योग बाणिज्य संघको मतगणना आज बिहानदेखि हुने भएको छ । शनिबार सम्पन्न संघको निर्वाचनको मतगणना आज बिबहान ९ बजेदेखि हुने निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले जानकारी दिए ।

शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको निर्वाचनमा कुल १ हजार ७६८ मतदाता मध्ये १ हजार ३८९ जना मतदाताले मतदान गरेका थिए ।

चुनावमा नेकपा एमालेका खेमराज प्रसाईंको नेतृत्वमा ६ दलका साझा व्यवसायीहरुको समूह र नेपाली कांग्रेसका मोहन निरौलाको नेतृत्वमा
कांग्रेस लोकतान्त्रिक प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।