बाहुण्डाँगी । पोखरा लेडी जेसीज २०२३ को पहिलो महिनामै क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ ।
काठमाडौँमा सम्पन्न भएको लोम लिडर्स एकाडेमीको समापन समारोहको अवसर पारेर पोखरा लेडी जेसीजलाई क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो । उक्त अवार्ड नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर विकास मानन्धर, निरुपित उपाध्यक्ष चन्द्रमणी भुषालले सयुक्त रुपमा शाखाकी अध्यक्ष लक्ष्मी कुवँर (लत्ता) लाई प्रदान गर्नु भएको थियो ।

जनवरी १ तारिखका दिन पदभार ग्रहण गरेपछि निरन्तर अभियानमा जोडिएको यस शाखाले गरेको कार्य सम्पादनको आधारमा जनवरी महिनाको अवार्ड प्राप्त गरेको हो । शाखाले विभिन्न तालिम सहित गायक पशुपति शर्मालाई सम्मानलगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो । पोखरा लेडी जेसीजले हरेक वर्ष जनवरी १ तारिखकै दिन पदहस्तान्तरण गर्दै आएको छ । साथै हरेक वर्ष जसो पहिलो महिनामै अवार्ड प्राप्त गर्दै आएको छ । जुन यो अवार्ड त्यसको निरन्तरता समेत हो ।
अवार्डपछि शाखाकी अध्यक्ष लक्ष्मी कुवँर थापा (लत्ता) ले शाखाको गरिमालाई निरन्तरतासँगै आगामी दिनका लागि अझ हौषला प्राप्त भएको बताउनु भयो ।


