खेलकुद

आयोजक नव ज्योति फाइनलमा प्रवेश

बाहुण्डाँगी । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति फुटबल प्रतियोगितामा आयोजक नव ज्योति युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
आइतवार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा बर्दश युनाइटेट क्बल चन्द्रगढीलाई २–० को गोल अन्तरले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो । जितका लागि आयोजकका विशाल राई र रजिन सुब्बाले १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच गोलकर्ता विशाल राई भए ।
यस अघि न्यू स्टार क्लब बुद्धशान्ति फाइनलमा प्रवेश गरेको छ । न्यू स्टारले खोपबाडीलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।


मंगलवार हुने फाइनल खेलमा नव ज्योति र न्यू स्टारबिच उपाधीका लागि भिडन्त हुनेछ ।
प्रतियोगिताका विजेता टिमले नगद ८१ हजार र उपविजेता टिमले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत नगद सहित पुरस्कृत गरिने क्लबका अध्यक्ष सुमन थापाले बताए ।
प्रतियोगिता क्लबको ३० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना भएको हो ।