संघ \संस्था

धनगडी जेसीजलाई जनवरीको ‘जेसीज अफ द मन्थको अवार्ड’

बाहुण्डाँगी । धनगढी जेसीज क्षेत्र घ को उत्कृष्ट शाखा बन्दै जेसीज अफ द मन्थको अवार्ड पाउन सफल भएको छ । नेपाल जेसीजले हरेक महिना प्राप्त गर्ने अवार्ड अन्तर्गत पहिलो महिना अर्थात जनवरी महिनाको अवार्ड धनगढीले प्राप्त गरेको हो । धनगढीले क्षेत्र घ का शाखाहरु मध्ये यस महिनामा उत्कृष्ट कार्य सम्पादनको आधारमा अवार्ड प्राप्त गरेको हो । शाखालाई काठमाडौँमा सम्पन्न लोम लिडर्स एकाडेमीको समापन समारोहमा राविष्ट अध्यक्ष सिनेटर विकास मान्धर तथा निरुपित कार्यकारीणी उपाध्यक्ष जीवन काकी र निरुपित उपाध्यक्ष चिरञ्जिवी शर्माले शाखाका अध्यक्ष मोहनराज ओझालाई अवार्ड प्रधान गर्नु भएको थियो ।
अवार्ड प्राप्त पछि अध्यक्ष ओझाले शाखाका सबै साथीहरुको अथक प्रयास र सहकार्यमा प्राप्त भएको बताउनु भयो । साथै उहाँले आगामी दिनमा समेत यसले थप उर्जा थपेको बताउनु भयो ।