संघ \संस्था

माडी जेसीजको तेस्रो अध्यक्ष शोभाकर अधिकारी

बाहुण्डाँगी । माडी जेसीजको २०२२ का लागि शोभाकर अधिकारी अध्यक्षमा निर्वाचित भएका भएको छ ।
हालै सम्पन्न शाखाको अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । २०२१ मा महासचिवको भूमिका निर्वाह गरेका अधिकारी शाखाका लागि तेस्रो अध्यक्ष बनेका छन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा अर्जुन बस्याल, विजय पन्त, उपाध्यक्षहरुमा हरिकृष्ण गहतराज, दिक्षा भट्टराई, इश्वर रानाभाट, रामबाबु विक, निर्देशकमा दिपक प्रसाई, किरण सापकोटा, कृष्णप्रसाद नेउरे र प्रकाश सुवेदी निर्वाचित भएका शाखाका अध्यक्ष कृष्णहरि अधिकारीले जानकारी दिए ।