संघ \संस्था

नारायणगढ जेसीजको अध्यक्षमा अमृत श्रेष्ठ निर्वाचित

बाहुण्डाँगी । नारायणगढ जेसीज २०२२ को अध्यक्षमा अमृतकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको
चौंथो साधारण सभा तथा ४४औं शाखा अधिवेशनले श्रेष्ठलाई सर्वसम्वत निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा सन्तोष पण्डित तथा बिनोद पन्त, उपाध्यक्षहरुमा अभिषेक खनाल, आविष्कार ढकाल, कृष्ण प्रसाद बराल, बिपिन कंडेल, निर्देशकहरुमा प्रयास श्रेष्ठ, रामबाबु पुडासैनी, प्रवेश ढकाल, संजय अधिकारी निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त तथा शाखाका पूर्व अध्यक्ष अर्जुन अधीकारीले बताउनु भयो । मंसिर १ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको साधारणसभाको निर्वाचन आयुक्तमा पूर्व अध्यक्ष विकासमान श्रेष्ठ तथा निवर्तमान अध्यक्ष अनुज जोशी रहनु भएको थियो ।
शाखाका अध्यक्ष सिनेटर बासुदेव दवाडीको अध्यक्षमा साधारणसभा सम्पन्न भएको थियो ।