संघ \संस्था

लुभु जेसीजलाई एरिया ‘सी’ को उत्कृष्ट शाखा अवार्ड

बाहुण्डाँगी । लुभु जेसीज एरिया ‘सी’ को उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ ।
नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत शनिवार काठमाडौँमा सम्पन्न लोम लिडर्स एकाडेमीको समापन समारोहको अवसरमा जनवरी महिनाको अवार्डबाट सम्मानित भएको हो । शाखाले जनवरी महिनामा गरेको कार्य सम्पादनका आधारमा एरिया ‘सी’ का ३८ वटा शाखा मध्ये उत्कृष्ट ठहर गर्दै लुभुलाई अवार्ड प्रदान गरिएको हो ।

नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर विकास मानन्धर, निरुपित कार्यकारीणी उपाध्यक्ष कुमारसिंह साँवा र निरुपित उपाध्यक्ष विरबहादुर बेगाले शाखाका अध्यक्ष जगदिश्वर केसीलाई अवार्ड प्रदान गर्नु भएको थियो ।