शिक्षा

होलीबेल स्कुलद्धारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

धुलाबारी । होलीबेल अंग्रेजी बोडिङ स्कुल धुलावारीले शैक्षिक सत्र २०७९ उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

बुधवार विद्यालयमा आयोजित एक समारोहमा शैक्षिक सत्र २०७९ मा कक्षा प्ले ग्रुपदेखि कक्षा ९ सम्ममा प्रथम दोस्रो र तेस्रो हुने ९५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

यसैगरी नियमित विद्यालय आउने, सरसफाइमा उत्कृष्ट हुने र विद्यालयको सर्वाेत्कृष्ट अनुशासित विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरुलाई विद्यालयका प्रधानाध्यापक अरिस्ता प्रधान, संस्थापक अमृता प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेत, सल्लाहकार सदस्य गंगा श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

विद्यालयका संस्थापक अमृता प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत अध्यक्ष गोपाल बस्नेत र सञ्चालन विद्यालयका सहइन्चार्ज सुरज कार्की र निक बराइलीले गरेका थिए ।

स्मरण रहोस यो विद्यालय शैक्षिक सत्र २०७८ मा मेचीनगरको उत्कृष्ट विद्यालयमा नगर शिक्षा शाखाबाट सम्मानित भएको थियो ।