झापा । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई गृह नगरमा सम्मान गरिएको छ ।
रोटरी क्लब अफ काँकरभिट्टाले क्लबको १४औं पदस्थापनाको अवसर पारेर मंगलबार क्रिकेटर क्षेत्रीलाई नगदसहित सम्मान गरेको हो ।
महिला क्रिकेट खेलमा विश्व किर्तीमान राख्न समेत सफल भई नेपाल र नेपालीहरको नाम विश्वसामु उच्च पार्न सफल राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व सम्हाली रहेकी मेचीनगर-६ काँकरभिट्टा निवासी क्षेत्रीलाई नगद सहित सम्मान गरिएको रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष सुजन प्रधानले जानकारी दिए ।

क्लबको पदस्थापना कार्यक्रममा राेटरी क्लबका डिष्ट्रिक गर्भनर नाेमिनी विनाेद काेईराला, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, निवर्तमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पाेखरेल उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।
बर्ष २०२३/०२४ का अध्यक्ष ईन्जिनियर रूद्र मैनालीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सचिव भगिरथ राईले गरेका थिए ।

