बाहुण्डाँगी । शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा उत्कृष्ट हुने दुई जना विद्यार्थीलाई होलिबेल अंग्रेजी स्कुल धलावारीले सम्मान गरेको छ । आज विद्यालयमा आयोजित एक समारोहकाबिच विक्रम नेम्बाङ र बिक्की चौधरीलाई सम्मान गरेको हो ।

विद्यालयको प्रथम त्रैमासिक परीक्षाका नजिता प्रकाशनको अवसरमा उनीहरुलाई अबिर खदा र मायाको चिनोसहित सम्मान गरेको विद्यालयका सहायक निर्देशक सुरज कार्कीले बताउनु भयो । साथै कक्षा १० लाई अध्यापन गराउने शिक्षकहरुलाई समेत हौषला स्वरुप सम्मान गरिएको थियो ।
विद्यालयकी संस्थापक अमृता प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रमको खुसी स्वरुप विद्यार्थी तथा अभिभावकहरुलाई लड्डु मिठाइ प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रिन्सिपल अरिस्ता प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार तथा अभिभावकहरुको उल्लेखीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रअ सागर शर्माले गर्नु भएको थियो ।



