मेचीनगर । नेपाल, भारत भुटान मानव-हात्ती द्वन्द न्युनिकरणका लागि दुईदिने प्रस्तावना विकास कार्यक्रम सम्पन्न भएको छ ।
ईसीमोडद्वारा नेपाल, भारत भुटान मानव हात्ती द्वन्द न्युनिकरण गर्ने उद्धेश्यले सो संस्थाको सभाहलमा आयोजना भएको दुईदिने प्रस्तावना विकास कार्यक्रममा तीन राष्ट्रका जनप्रतिनिधि , सरकारी तथा अर्ध सरकारी संस्थाका अधिकृतहरू बीच छलफल सम्पन्न भएको हो । उक्त छलफलमा प्रभावकारी कार्यक्रम लागु गरी पीडितहरूलाई तत्कालै सम्बोधन गर्ने लक्ष्य लिएको छ ।

मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले समस्या समाधान तथा पीडित किसानहरूको जीवनस्तरमा यो कार्यक्रमले एउटा ठोस उपलब्धि प्राप्त गर्ने विश्वास लिइएको बताए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाको तर्फ बाट नगरप्रमुख गोपाल गोपालचन्द्र वुढाथोकि, वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्कि साथै झापा क्षेत्र न १ ख कि प्रदेश सभा सदस्य सविना बजगाईको उपस्थिति रहेको थियो ।

