बाहुण्डाँगी । बुधबारे जेसीजको “जेसीज सप्ताह” अन्र्तगत आज अतिथि सत्कार र खाना सजावट सम्बन्धि कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्यक्षता तथा होटल मेनेजमेन्ट कलेजका प्रबन्ध निर्देशक सेफ निरज श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि निरज श्रेष्ठले दक्ष ब्यक्तिको खाँचो औंल्याएका थिए। उनले पर्यटन क्षेत्रमा काम गर्न सके धेरै आम्दानी हुने तर त्यसका लागी सिपको आवश्यकता पर्ने उल्लेख गरे। उनले जेसीजले गरेको यस्तो खालको कार्यक्रमले विद्यार्थीलाई थप टेवा पुग्ने बताए ।
उनले माध्यमिक तहको शिक्षा सके लगत्तै पर्यटन र खास गरी होटल क्षेत्रमा काम गरेर स्वदेशमै मनग्गे आम्दानी हुने बताए।
बिशिष्ट अतिथि एम्बिसन एकेडेमिकका प्रधानाध्यापक इन्द्र राइले ब्यवसायिक शिक्षामा लगानी गर्ने सके बिद्यार्थीहरुको भविष्य उज्ज्वल बन्ने कुरा बताए।
कार्यक्रममा महिला चेम्बर बुद्धशान्तिकी अध्यक्ष देवकुमारी शेर्माले कार्यक्रमको प्रशंसा गर्दै बिद्यार्थी जिवनमा यस्ता प्राविधिक शिक्षाले ठुलो भुमिका खेल्ने बताईन।

कार्यक्रम संयोजक राज पौडेलले आँफुसंग भएको अनुभव बिद्यार्थी माझ साट्न पाउँदा खुसी महशुस गरेको बताए ।
अध्यक्ष मुकेश भट्टराईले जेसीज सप्ताको छैटौं कार्यक्रमको रुपमा बालबालिकाहरुलाई अतिथि सत्कार र खानपानलाई जोडेको बताए।
कार्यक्रमको संचालन बुधबारे जेसिजका महासचिव अर्जुन ढकालले गरेका थिएभने उपाध्यक्ष बिष्णु लामिछानेले जेसीज आस्था बाचन गरेका थिए ।
कार्यक्रममा पुर्व अध्यक्ष रमेश बराल, नन्दुयाफु राई, जेसीजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

