संघ \संस्था

पर्यटन प्रबद्र्धनका लागि इमाडोल जेसीवजको हाइकिङ

इमाडोल जेसीज २०२२ को आयोजनामा हाइकिङ कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । इमाडोल जेसीज २०२२को आयोजनामा आन्तरीक पर्यटनलाई प्रबर्दन गरौ भन्ने सन्देश सहित हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताहको चौथो कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालीका ३ पर्ने मार्बल डाडा हाइकिङ गन्तब्य रहेको थियो । उक्त कार्यक्रममा इमाडोल जेसीजका पदाधीकारीहरु, सदस्यहरु र बिभिन्न ब्यवसायमा आवद्ध ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।


हाइकिङ कार्यक्रम मार्फत आन्तरिक पर्यटनलाई टेवा पुराउने उदेश्य संगसंगै प्रकृतीसंगको सामिप्यताले हरेक ब्यक्तिको आन्तरिक शान्ती बढाउन समेत मद्धत गर्ने बताउदै इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष जेसी इच्छा गुरुङले स्थानिय स्तरमा भएका बिभिन्न अर्थमा महत्वपुर्ण स्थलहरुमा आन्तरीक पर्यटक बढाउन समाजमा कार्यरत संघ संस्थाहरुले स्थानीय सरकारसंग मिलेर प्रचारप्रसारमा सहकार्य गर्न आवस्यक रहेको बताउनुभयो ।


ललितपुरको गोदावरी बोटानिकल गार्डेनबाट मार्बल डाडा १ घण्टा हिडेर पुग्न सकिन्छ । नेपालमा कुनै समय गोदावरी मार्बलको निकै रुचाइने मार्बल हो
। तर वातावरणीय विविधतालाई असर गरेको भन्दै सर्वोच्च अदालतले गोदावरी मार्बल उद्योग बन्द थियो । तर मार्वलको श्रोत मार्वल डाडा भने आर्कषक पर्यटकीय गन्तब्य बनेको महासचिव सुजन श्रेष्ठले बताउनु भयो ।