संघ \संस्था

आन्दोलनरत कर्मचारीको माग सरकारले यथाशिघ्र सुन्नुपर्छ : लेखा अधिकृत कार्की

मेचीनगर । अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भइरहेका छन् । सरकारले संघिय निजामती सेवा ऐन कार्यान्वयन गर्नका लागि नयाँ ऐन ल्याउन लागेको छ । जुन निजामती सेवा ऐनमा स्थानीय तहका कर्मचारीहरुलाई विभेद गरे पछि अहिले स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् ।

सरकारले संघिय निजामती सेवा ऐन कार्यान्वयनमा ल्याउनु अगाडी संघिय, प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई न्यायोचित हुने ऐन ल्याउनु पर्ने आवाज उठिरहेको छ । सरकार सबै तहका कर्मचारी प्रति उत्तरदायी हुनुपर्नेमा त्यस्तो नभएको भन्दै अहिले कर्मचारी आन्दोलन गर्न बाध्य भएको बताउँछन् ।

यसैबिच कर्मचारीहरुको अहिलेको आन्दोलन जायज रहेको भन्दै मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीले पनि त्यसमा ऐक्यबद्धता जनाएका छन् । उनले कर्मचारीलाई सरकारले विभेद गर्न नहुने बताए । यथाशिघ्र राज्यस्तरबाट यस समस्याको समाधान हुनुपर्ने उनको भनाई छ ।