मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अब मोबाईल शौचालय (ट्याक्टरमा जडित) को सेवा उपलब्ध हुने भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना गन्तर्गत नगरपालिकाले ट्याक्टरमा जडित मोबाईल शौचालय प्राप्त गरेसंगै मेचीनगरबासीले यो सुविधा प्राप्ग गर्ने भएका हुन् ।

नेपालको खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना व्यवस्थापन कार्यालयबाट मेचीनगर नगरपालिकाको प्रयोजनका लागि मोबाईल शौचालय तथा ट्याक्टर सेट (ट्याक्टरमा जडित) प्राप्त भई आज उक्त सामाग्री मेचीनगर कार्यालय आइपुगेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सचिवालयले जनाएको छ ।

१ लाख ३३ हजार ७६ जनसंख्या रहेको नगरपालिकामा यो सामाग्री अपरिहार्य थियो । नगरप्रमुख र उपप्रमुख ज्युको पहमा प्राप्त यो सामाग्री यो आयोजना मार्फत खानेपानी मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सँगको समन्वयमा हस्तान्तरण प्रक्रिया पुरा गर्ने क्रममा रहेको छ ।

