मेचीनगर । झापाको मेचीनगरमा इपिसि नेपालको सहयोगमा विधुतिय खाना पकाउने चुल्हो वितरणलाई तिब्रता दिइने भएको छ । आए एक कार्यक्रमका बिच विधुतिय खाना पकाउने चुल्हो वितरण अभियानको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् ।

इपिसि नेपालले मेचीनगरलाई छनोट गरी विधुतिय प्रयोगलाई प्रोत्साहन गर्दै विद्युतबाट खाना पकाउने चुल्हो वितरण गर्ने कार्यक्रम लिएर आएको छ । इपिसिले मेचीनगर क्षेत्रमा रहेका दुर्गेश्वरी कृषि सहकारी संस्था लि र संजिविनी महिला विकास संस्था मार्फत उक्त कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

मेचीनगर नगरप्रमुख बुढाथोकीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेती, इपिसि नेपाल प्रा.लि प्रमुख सन्दिपकान्त कन्ठको बिशेष आतिथ्यता रहेको थियो कार्यक्रममा इपिसिका प्रदेश संयोजक रामप्रवेश रौनियार,जिल्ला संयोजक अमर मेचेलगायतको आतिथ्यता रहेको थियो ।

आजबाट सञ्चालन भएको अभियानको उद्घाटन शत्रको अध्यक्षता रेनुका डागीँले गरेकी थिइन् । भने स्वागत मन्तव्य सन्तोष मेचे र कार्यक्रम संचालन अर्जुन पोख्रेलले गरेका थिए ।

