संघ \संस्था

अध्यक्षमा डाक्टर खनाल

कोशी टप्पु । सन् २०२४/२०२५ का लागि अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभि ट्टाको अध्यक्षमा चिकित्सा र सामाजिक गतिविधिमा सक्रिय डाक्टर आनन्दराज खनाल चयन हुनुभएको छ । हड्डी नशा जोर्नी रोग विशेष डाक्टर खनाल सन् धेरैवर्षअघिदेखि रोटरी क्लब अफ काँकरभिट्टामा सदस्यबाट प्रवेश गर्नुभएको थियो । रोटरीमा आवद्घ भएपछि उहाँको नेतृत्वमा झापा जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् ।

शनिबार अर्नाको राजधानी र चराहरूको स्वर्ग भनेर चिनिने सुनसरीको कोशी टप्पुमा सम्पन्न साधारणसभाबाट डाक्टर खनालको नेतृत्वम सर्वसम्मत पदाधिकारी चयन गएिको हो । डाक्टर खनाल अध्यक्ष भए लगत्तै इञ्जिनियर रुद्र मैनाली स्वतः इमिडेट पास्ट प्रेसिडेन्ट हुनुभएको छ । सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा यसअघि ने प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारिखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष (प्रेसिडेन्ट इलेक्टमा) स्वतः अध्यक्ष (प्रेसिडेन्ट) हुने प्रावधान अनुसार डाक्टर खनाल सन् २०२४÷२५ को अध्यक्षमा चयन । हुनुभएको क्लबका मिडिया कोर्डिनेटर लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो।

सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष परिसरमा रहेको ‘एक्वा बड्स वाईल्डलाईफको रिसोटमा’ भएको साधारणसभाका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गर्नुभएको थियो । कार्यक्रममा बोल्दैं उहाँले रोटरीबाट सिक्नुपर्ने धेरै कुरा भएको भन्दैं नेतृत्व चयनका लागि रोटरीको प्रणाली निक्कै प्रशंसा योग्य रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिका निवर्तमान नगरप्रमुख विमल आचार्य हुनुहुन्थ्यो ।

उद्घाटन पश्चात सन् २०२४÷२०२५ का अध्यक्ष डाक्टर खनालले आफ्नो टिमको नाम घोषणा गर्नुभयो । अध्यक्ष डाक्टर खनालका अनुसार क्लबको प्रेसिडेन्ट इलेक्टमा उदयकुमार श्रेष्ठ र प्रेसिडेन्ट नोमिनीमा विजया तामाङलाई चयन गरिएको छ । प्रथम उपाध्यक्षमा कृष्णराज पौडेल, द्वितिय उपाध्यक्षमा युवराज भट्टराई, सेक्रेटरीमा इञ्जिनियर जीवन भट्राई, ज्वाइन्ट सेक्रेटरी तथा वेभ मास्टरमा नितेशकुमार सिहं रजपुत, ट्रेजररमा कृष्णकान्त (नवराज) खनियाँ र ज्वाइन्ट ट्रेजररमा दुर्गाबहादुर लुईटेल सन् २०२४÷२०२५ का लागि चयन हुनुभएको छ । यसैगरी क्लब मेन्टरमा दिलीप सुवेदी, क्लब ट्रेनर सुजन प्रधान हुनुहुन्छ ।

क्लब सल्लहाकारमा पूर्वअध्यक्षहरु गोपाल तामाङ, राजु महर्जन, राधिका गुरुङ, अशोककुमार श्रेष्ठ, मोहन निरौला, रोहितकुमार बुढाथोकी, मेदनीप्रसाद खरेल, कमल थापा हुनहुन्छ । सदस्यहरुमा गीता आचार्य, शरद खनाल, बशन्त तिवारी, नविन वराल, दिपेन्द्रराज पाण्डे, बालकुमार घिमिरे, बब्लु क्षेत्री, पेमा तामाङ र युवा बैज्ञानिक प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । क्लब एडमिनिस्ट्रेशन चियरमा भगिरथ राई, मेम्बर सीप कमिटी चियरमा रविचन्द्र नेपाल, पब्लिक इमेज चियरमा लक्ष्मीदेवी खनियाँ, सर्भिस प्रोजेक्ट चियरमा बोधराज निरौला, रोटरी फाउन्डेसन चेयरमा इञ्जिनियर विवेक श्रेष्ठ, ,सरजेन्ट एट आम्र्समा रीता श्रेष्ठ, यूथ सर्भिसमा रविन सुवेदी र टच कमिटी चियरमा बासुदेव कोइराला सर्वसम्मत चयन हुनुभएको छ ।

सन् २०२३÷२०२४ का सेक्रेटरी भगिरथ राईले सञ्चालन गर्नुभएको कायृक्रममा सहभागी सवैलाई प्रेसिडेन्ट इलेक्टमा उदयकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्घनमा रोटरी
कोभिडका कारण थला परेको नेपालका पर्यटकीय क्षेत्र र पर्यटन व्यवसायीहरुलाई केही राहत होस भनेर यस पटक कार्यक्रम यहाँ गरिएको पूर्व अध्यक्ष नवराज खनियाँले जानकारी दिनुभयो । ‘आन्तरिक पर्यटकले नेपालका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्घन गर्नुपर्दछ’ इमिडेट पास्ट प्रेसिडेन्ट इञ्जिनियर रुद्र मैनालीले भन्नुभयो— ‘रोटरीले यहाँ आएर कार्यक्रम गरेपछि अब यसको प्रचार प्रसार पनि हुन्छ, यहाँका व्यवसायीहरुलाई पनि आर्थिक लाभ पुग्छ । ’

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यो आरक्ष २०३२ साल (सन १९७६) मा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी) हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो । कोशी नदीको बालुवाबाट बनेको टापु भएकाले ‘कोशी टप्पु’ नाम पाएको भनाई छ । २०४३ सालमा यो आरक्ष रामसार साइटमा सूचीकृत भयो । २०६१ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरियो ।

यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ । सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४ सय ८९ प्रजातीका चराहरू, २ सय १९ को संख्यामा दुर्लभ अर्ना र १२÷१२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ ।

राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका सिनियर ग्याम स्काउट डम्मरकुमार भट्टराईले जानकारी दिनुभयो ।

कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यतः घाँसे मैदानले भरिएको छ। साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन्। मुख्यतः लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तैः हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि जनावरहरू पाइने भट्टराईको भनाई छ । यस संरक्षण क्षेत्रमा हाल पाँच हात्तीहरू छन् । यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा राष्ट्रिय चरा महोत्सव मनाइन्छ ।

‘हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन’ उहाँले भन्नुभयो— ‘अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ । यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ ।’ यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन पनि पाइन्छन् ।

उहाँका अनुसार आरक्षमा जाडो मौसममा रूसको साईवेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बसाइ सरेर आउने गर्दछन् । जैविक विविधताको क्षेत्रमा ‘चराको स्वर्ग र अर्नाको राजधानी’ उपमा पाएको यो आरक्ष स्थानीय संस्कृति आतिथेयका लागि पनि चर्चित रहेको व्यवसायी सुरज गिरीको भनाई छ ।