खेलकुद

कतारविरुद्ध नेपालको कीर्तिमानी जित

झापा । टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो।

कतारका कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। उसका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८–८ तथा केरी पाउनसेटले ७ र रिज्फा बानोले ३ रन बनाइन्।

उसका ६ खेलाडी शून्य रनमा आउट भए। नेपालका लागि कप्तान रुविना क्षत्रीले उत्कृष्ट बलिङ गरिन्। उनले १.५ ओभरमा १ रन मात्र खर्चिएर ३ विकेट लिइन्। यस्तै, कविता कुँवर र सरस्वती कुमारीले २–२ विकेट लिँदा करुण भण्डारीको नाममा एक विकेट रह्यो। यसअघि दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।