समाचार

कोशी प्रदेश : सत्तारुढ गठबन्धनको साथले सभामुखमा राप्रपाका विष्ट निर्वाचित

विराटनगर । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बर बहादुर विष्ट निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन् । विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

सत्तारुढ गठबन्धनको साथ राप्रपालाई मिलेपछि एमालेले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।