बाहुण्डाँगी, फागुन १३ । पोखरा लेडी जेसीजको आयोजनामा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बृृक्षारोपण कार्यक्रममा विभिन्न थरिका फलफुल, सुन्तला ,अम्बा,कागती ,लिचि लगायत ,विभिन्न किसिमका बोट बिरुब हरु रोपिए को थियो भने पार्क सरसफाइ पनि गरिएको थियो ।
पोखरा ७ ,स्थीत शान्तिनगर चोक ,पुष्पलाल पार्क मा सम्पन भएको हो । जेसिआइ पोखरा लेडी वर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेल (बिनिता ) कोअध्यक्षतामा तथा पोखरा माहानगर पालिका बडा न. ७ का अध्यक्ष रामचन्द्र बरालको प्रमुख आथ्यियता मा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा –७ का अध्यक्ष दामोदर बराल, पुष्पलाल पार्कका अध्यक्ष लिलाभक्त बराल, मासबार आमा समुहकी अध्यक्ष टिकादेबि अधिकारी, नुबारथोक टोल बिकास सस्थाका अध्यक्ष दामोदर बरालको उपस्थिती रहेको थियो ।
पोखरा लेडि जेसिज का पदाधिकारीहरु तथा सदस्यहरु को उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम पोखरा लेडि जेसिज का सदस्य स्व.सृष्टि बिजुछेको असामाहिक निधनको नबौ दिन को पून्य तिथीको सम्झनामा गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सस्थाको सचिब जेसि सूमित्रा कोइरालाले गर्नु भएको थियो ।

