शिक्षा

शिक्षाको गुणस्तर उकास्न मेचीनगर लागि परिरहेको छ : उपप्रमुख उप्रेती

मेचीनगर । झापाकी मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेची नगरपालिकाको शिक्षा नियमावलीलाई संशोधन गरेर संकटमा परेका बिद्यालयलाई मर्च गरेर जाने बताएकी छ्न् । बाल सुबोधिनी माध्यमिक बिद्यालयको ५६ औं वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपमेयर उप्रेतीले उक्त कुरा बताएकी हुन् । बाल सुबोधिनी माध्यमिक बिद्यालयले प्रदान गर्ने शिक्षा र संस्कारगत बिषय नमूना गरेको उच्च प्रशंसा गर्दै मेचीनगरमा संचालनमा समस्या भएका बिद्यालयलाई मर्च गरेर जाने बताइन् ।

नगरभित्र संचालनमा रहेका प्रायः बिद्यालयमा शिक्षक दरबन्दीको समस्या रहेको उल्लेख गर्दै नगरसभाबाट शिक्षक नियमावलीलाई संशोधन गरेर कार्यान्वयन गर्ने उपमेयर उप्रेतीको भनाई थियो ।

कार्यक्रमका बिशेष अतिथि शिक्षक संघ कोसीका अध्यक्ष तेजप्रसाद चौलागाईंले मेचीनगरभित्र शिक्षक दरबन्दीको समस्या हल गर्नेसके विद्यार्थीको पठनपाठन र सामुदायिक बिद्यालयको बिकाससँगै संस्थागत बिद्यालयसँग प्रतिस्पर्धामा फड्को मार्न सक्ने बताए । नगरभित्रको सामुदायिक बिद्यालयको शिक्षा सुधारमा नगरपालिका लागि परे ५० प्रतिशतबढी सुधार हुने उनको भनाई थियो । उनले नगर शिक्षा कार्यक्रम अन्तरगत सामुदायिक बिद्यालयमा ५०/५० प्रतिशत लागत सहभागीतामा स्कुल बस हाल्नुपर्नेमा जोड दिएका थिए ।

`सस्कारसहितको शिक्षा बाल सुबोधिनीको इच्छा´ मुलमन्त्र लिएको बाल सुबोधिनी माद्यामिक बिद्यालयले वार्षिक कार्यक्रम अन्तरगत बिद्यालयमा अद्य्ययनत एसइई उतिर्ण ३ जना विद्यार्थीहरु रुङ्कु खड्का, समीर दर्जी, केलिना भुँजेललाई सम्मान गरिएको थियो ।

त्यस्तै दानवीर तथा समासेबीले स्थापना गरेको अक्षयकोषहरु रघुनाथ स्मृति, जयप्रसाद-राधा प्रसाईं, देबीप्रसाद-नैनकला छात्रवृत्ति, हिमादेबी छात्रवृत्ति, रामप्रसाईं-शिवमाया छात्रवृत्ति, रन्जना स्मृति, रमेशकुमार स्मृति, भजतिधरा पुरस्कार, नारायण एबम् तुलसादेबी छात्रवृत्तिबाट ५० जनाबढी विद्यार्थीलाई नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो ।

उत्कृष्ट अभिभावक ६ जना सर्मिला बिर्जा, निरा फुँयाल, बिना कार्की राजबंशी, अन्जु लिम्बू, दीपा राजबंशी र नुरसैना खातुनलाई सम्मान गरिएको थियो । त्यस्तै खगेन्द्र न्यौपाने, पवित्रा दाहाल, रोहित राजबंशी वर्ष उत्कृष्ट शिक्षक ३ जना शिक्षकलाई सम्मानलाई सम्मान गरिएको थियो । बतृत्वकलाका उत्कृष्ट विद्यार्थी रमेश नेपाललाई सम्मान गरिएको थियो । कार्यक्रममा कक्षागत विद्यार्थी, शिक्षक, अभिभावक र ब्यवस्थापनका तर्फबाट नृत्य र खेल प्रस्तुत गरेका थिए ।

शंकरलाल राजबंशीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रधानाध्यापक बिश्व थापाले धन्यवादसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लोकेश्वर चौधरीले स्वागत गरेको कार्यक्रममा मोनिका न्यौपानेले बेलकम स्पिच राखेकी थिइन् । कार्यक्रमको संचालन पदमप्रसाद मिस्रले गरेका थिए ।