संघ \संस्था

लामिछाने पत्नी निकिताको जाहेरी लिन प्रहरी द्वारा अस्विकार

काठमाण्डौं, भाद्र ४ । चर्चित सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ ।
सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का रवि लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्नेहरुविरुद्ध काठमाण्डौंस्थित टेकुको महानगरीय प्रहरी परिसरमा जाहेरी दिन गएकी पौडेललाई प्रहरीले जाहेरीका लागि चितवन जान सुझाव दिएको हो ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन् ।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन् ।
काठमाडौं प्रहरीले जाहेरी लिन नमानेपछि लामिछाने पत्नी पौडेलसहितको टोली त्यसै फर्किएको छ ।
पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ ।
पुडासैनीले गत साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published.