मेचीनगर । प्रथम मेचीनगर स्पोर्ट्स मेनियामा वडा नम्बर- १० बाट पदक विजेता खेलाडीलाई मंगलबार सम्मानित भएका छन् ।
मेचीनगर खेलकुद विकास समितिको आयोजनामा आयोजित मेचीनगर स्पोर्ट्स मेनियामा पदक जित्ने खेलाडीलाई मेचीनगर- १० वडा कार्यालयले मेची उद्योग वाणिाज्य संघको सभाहलमा एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो ।

मेचीनगरको विभिन्न स्थानमा गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन भएको प्रथम मेचीनगर स्पोर्ट्स मेनियामा मेचीनगर- १० वडा कार्यालयले १६ स्वर्ण १ रजत र ३ कास्यसहित कुल २० पदक जितेको थियो । मेचीनगरको पन्द्रवटै वडा सम्मेलित प्रतियोगितामा वडा नम्बर १० प्रथम भएको थियो ।
खेलाडीहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास शाखा संयोजक हृदय राजवंशी लगायतले पुरस्कृत गरे । पुरस्कार वितरण कार्यक्रममा बोल्दै संयाेजक राजवंशीले स्पोर्ट्स मेनियाले नगरमा खेलकुद विकासका लागि थोरै भएपनि टेवा पुगेको बताए । साथै उनले आगामी दिनमा समेत नगरकाे खेलकुदको विकासका लागि स्थानीय सरकार र खेलकुद विकास समिति मेचीनगर लागि बताए ।

कार्यक्रममा धुलावारी मा. वि. प्रधानाध्यापक महेन्द्र विलास लुईटेल, धुलावारी मा. वि. विधालय व्यवस्थापन समिति अध्यक्ष गणेष विक्रम नेम्वाङको विशेष आतिथ्य रहेकाे थियाे भने नेपाल राष्ट्रिय फुटवल प्रशिक्षक सचिन्द्र धिमाल, सरस्वती शिक्षा सदन प्रधानाध्यापक समिक्षा गौतम, कन्भेन्ट अग्रेजी मा.वि. प्रधानाध्यापक विक्रम क्षेत्रीलगायतको आतिथ्यता रहेकाे थियाे ।
मेचीनगर-१० का वडा अध्यक्ष नारायण खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य सोमनाथ ओझाले स्वागत गरेका थिए भने, कार्यक्रम सञ्चालन वडा सदस्य विशाल कार्कीकाे गरेका थिए ।

