राजनीति

इलाम-२ उपनिर्वाचन : कांग्रेसबाट डम्बरबहादुर खड्काको उम्मेदवारी दर्ता

इलाम ।  नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि खड्काले मनोनयन दर्ता गराएका हुन् ।

खड्काले उम्मेदवारी दर्ता गराउन जाँदा पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थिति थियो । 

खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसंग संक्षिप्त बोल्दै सुभाष नेम्वाङसंग झिनो मतान्तरले एक बर्षअघि पराजय भोगेका काँग्रेस इलाम जिल्ला सभापति डम्बर खड्काले यसपटक विगतको कमी कमजोरी सच्याउँदै विजयी भइ जनताको आवाज संसद् बाट उठाउन आफुले उम्मेदवारी दिएको र इलामेली मतदाताले जिताउने बताए ।

पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो ।