संघ \संस्था समाचार

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

काठमाण्डौं, भाद्र ९ । रवि लामिछाने रिहा भएका छन्। जिल्ला अदालत चितवनले उनलाई रिहा गर्ने आदेश दिएको हो । जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।
उनि रिहा भए संगै देश बिदेशमा खुशीले उल्लास छाएको छ । साथै उनलाई समर्थकहरूले भब्य स्वागत गरेका छन् । उनको रिहाइपछि चितवन उल्लासमय बनेको छ । उनी आजै काठमाडौँ फर्कंदै छन् । केहि दिन अघि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
गत २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएको थियो । पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए ।
यतिबेला चितवनमा निकै खुशी छाएको छ। सडक भरि नाच्नेको घुइँचो लागेको छ । चारैतिर खुशीले छाएको खबर प्राप्त भएको छः देश तथा बिदेशमा रहेका सबै नेपाली खुसीले गद्गद् भएका छन् ।

Leave a Reply

Your email address will not be published.