संघ \संस्था

अध्यक्षमा गिरी

मेचीनगर । मेचीनगर ८ स्थित सरस्वती टोल बिकास संस्थाको अध्यक्षमा पर्शुराम गिरी सर्वसम्मत चयन भएका छन् । संस्थाको बिहिवार सम्पन्न भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा टिकाराम ढुङगाना, सचिबमा सुशीला पौडेल र कोषअध्यक्षमा सोभा श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा देबि बा.खड्का, मोहन श्रेष्ठ र रमला ढुङगाना रहेका छन् ।

संस्थाको यसअघि अध्यक्ष पदम बस्तोलाको नेतृत्वमा सचिव अम्बिका पौडेल र कोषअध्यक्ष लक्ष्मि भण्डारीलगायत रहेका थिए ।