खेलकुद

कीर्गिस्तानसँग नेपालको बराबरी

काठमाडौं, चैत १३ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । विहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित कीर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले बराबरी खेल्नु परेको हो । यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

कीर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । कीर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

बंगलादेशको १ खेलमा ३ अंक रहेको छ । उद्घाटन खेलमा कीर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो । अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।