मनोरञ्जन

प्रथम गुरुङ ‘मेरो भ्वाइस युनिभर्स–२’ विजेता, ‘मेरो डान्स युनिभर्स–२’ मा रिस्ता गुरुङको बाजी

ललितपुर । इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को भव्य फिनाले सम्पन्न भएको छ । ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा आयोजित ग्राण्ड फिनालेमा प्रथम गुरुङलाई मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङलाई मेरो डान्स युनिभर्स को विजेता घोषणा गरिएको हो ।

दुवै विजेताले जनही रु १ करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकट तथा विभिन्न उपहार प्राप्त गरेका छन् ।

मेरो डान्स युनिभर्स–२

विजेता : रिस्ता गुरुङ (रु १ करोड नगद, २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटसहित अन्य उपहार)

फस्ट रनरअप : अमृता राई (रु २५ लाख नगद, सिटिजन्स लाइफबाट रु २० लाख बराबरको जीवन बिमा)

सेकेन्ड रनरअप : सीतु महर्जन (रु १० लाख नगद, सिटिजन्स लाइफबाट रु १५ लाख बराबरको बिमा)

थर्ड रनरअप : सुरज सिंजाली मगर (रु ६ लाख नगद, रु १० लाख बराबरको बिमा)

फोर्थ रनरअप : सुशना कोइराला (रु ५ लाख नगद, रु १० लाख बराबरको बिमा)

फिफ्थ रनरअप : साजन पाख्रिन तामाङ (रु ४ लाख नगद, रु १० लाख बराबरको बिमा)

मेरो भ्वाइस युनिभर्स–२

विजेता : प्रथम गुरुङ (रु १ करोड नगद, २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटसहित अन्य उपहार)

फस्ट रनरअप : टोपराज तामाङ (रु २५ लाख नगद, रु २० लाख बराबरको बिमा)

सेकेन्ड रनरअप : जुनु प्रसाईँ (रु १० लाख नगद, रु १५ लाख बराबरको बिमा)

थर्ड रनरअप : वाङ्गे गुरुङ (रु ६ लाख नगद, रु १० लाख बराबरको बिमा)

फोर्थ रनरअप : प्रशान्त पोखरेल (रु ५ लाख नगद, रु १० लाख बराबरको बिमा)

फिफ्थ रनरअप : दीपराज राई (रु ४ लाख नगद, रु १० लाख बराबरको बिमा)

कल्चरल ग्रुप डान्स प्रतिस्पर्धा

विजेता : भुटानिज रेफ्युजी डान्स ग्रुप (रु २५ लाख नगद, गिफ्ट ह्याम्पर)

फस्ट रनरअप : मनास्लु वर्ड कलेज (रु १५ लाख)

सेकेन्ड रनरअप : युमा महारानी नृत्य समूह (रु १० लाख)

थर्ड रनरअप : नेपाल प्रहरी (रु ५ लाख)

फोर्थ रनरअप : तरेली सांस्कृतिक ग्रुप (रु ३ लाख)

ग्राण्ड फिनालेमा सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत विशिष्ट अतिथिहरूले विजेताहरुलाई पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो ।