स्वास्थ्य

स्वस्थ देशको सूचीमा भारतभन्दा नेपाल ९ स्थान अघि

संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा परेको छ । यो सूचीको शीर्ष स्थानमा स्पेन रहेको छ भने इटलीले दोस्रो स्थान ओगटेको छ । आइसल्याण्ड, जापान र स्विटजरल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

दक्षिण एशियाली देशको कुरा गर्नु पर्दा श्रीलङ्का ६६ औं नम्बर छ, बंगलादेश ९१ औं स्थानमा छ भने भारत ११९ औं स्थानमा छ । भारतभन्दा नेपाल ९ स्थान अघि छ ।

ब्लूमबर्ग हेल्दियस्ट कन्ट्रि इन्डेक्सले संसारभरीका एक सय ६९ देशको स्वास्थ्य सम्बन्धी मूल्यांकन गरेपछि यो सूची तयार गरेको हो ।

Leave a Reply

Your email address will not be published.