झापा । नेपाली कांग्रेस झापाको सभापतिका लागि राम कट्टेल र देउमान थेबेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । १४ औं अधिवेशन अन्तरगत शुक्रबार हुने चुनावका लागि कट्टेल र थेबे दुवै पक्षले समुह बनाएर नै उम्मेद्वारी दर्ता गरेका हुन ।
कट्टेल समुहबाट कन्काइ नगरका उपसभापतिमा शहिद राजन गिरीका पिता समशेर गिरी (केदार) र मेचनगरका प्रेम सम्बाहाम्फेले उम्मेद्वारी दर्ता गराउनु भएको छ भने सचिवमा दमकका विश्वदीप लिङदेन र बाह्रदशीका टोम राजबंशीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । कट्टेल समुहबाट सहसचिवमा पदम लिम्कु र उमाराम प्रसाईले उम्मेद्वारी दर्ता गराएका छन ।
त्यसैगरी थेबे समुहबाट उपसभापति पदमा दमकका शेरबहादुर भट्टराई र मेचीनगरका केशबराज पाण्डेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । त्यस्तै सचिवमा कृष्ण हुमागाई र नविन बिमली, सहसचिवमा कमल भण्डारी र कलेन्द्र राजबंशीले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
काँग्रेस झापाको ७ पदाधिकारी र ६४ जिल्ला सदस्य तथा अपाङ्ग कोटाबाट एक महाधिवेशन प्रतिनिधि र एक प्रदेश अधिवेशन प्रतिनिधि छनौटका लागि आज मंसिर १० गते मतदान हुँदैछ ।
काँग्रेस केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन रहेको कट्टेल समुह र काँग्रेस नेता कृष्ण सिटौलाको समर्थन रहेको थेबे समुहका बिच हुने भिडन्तका लागि जिल्ला भरिका ३ हजार ३ सय ८९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्नेछन ।

