झापा । बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईले नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
महाधिवेशनका लागि चितवन पुगेका प्रसाईले आफूले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषाणा गरेको जानकारी गराए ।
उनले भने, ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । बिहिवार चितवनबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वारी घोषण गरेको छु । र, यसमा विजयी हुन्छु भन्ने पनि मेरो विश्वास रहेको छ ।’
उनले गत कात्तिक ७ गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले नेताका रूपमा पहिलो भाषण गरेका थिए ।

