समाचार

झापा: बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ९ निवासी ६० वर्षीय रामबहादुर बुर्जा मगर रहेको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार बिहान साढे ६ बजे मेचीनगर नगरपालिका- १४ स्थित शनिबारेमा टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जङ्गली हात्तीले Read More…

खेलकुद

आज नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने दवाव

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप छनोटमा आज नेपाल र मलेसिया भिड्दै छन् । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । अर्को चरणमा पुग्नको लागि नेपाललाई जित्नैपर्ने दवाव छ । यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ । शीर्ष स्थानमा रहेर ग्लोबल छनोट पुग्न नेपाललाई Read More…

राजनीति

काँग्रेस झापा सभापतिमा कट्टेल र थेबेको भिडन्त, आज चुनाव

झापा । नेपाली कांग्रेस झापाको सभापतिका लागि राम कट्टेल र देउमान थेबेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । १४ औं अधिवेशन अन्तरगत शुक्रबार हुने चुनावका लागि कट्टेल र थेबे दुवै पक्षले समुह बनाएर नै उम्मेद्वारी दर्ता गरेका हुन । कट्टेल समुहबाट कन्काइ नगरका उपसभापतिमा शहिद राजन गिरीका पिता समशेर गिरी (केदार) र मेचनगरका प्रेम सम्बाहाम्फेले Read More…

राजनीति

दुर्गा प्रसाईद्वारा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा

झापा । बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईले नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । महाधिवेशनका लागि चितवन पुगेका प्रसाईले आफूले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषाणा गरेको जानकारी गराए । उनले भने, ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । बिहिवार चितवनबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वारी घोषण गरेको छु । र, Read More…