झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ९ निवासी ६० वर्षीय रामबहादुर बुर्जा मगर रहेको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार बिहान साढे ६ बजे मेचीनगर नगरपालिका- १४ स्थित शनिबारेमा टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जङ्गली हात्तीले आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको एसपी भट्टराईले जानकारी दिए ।
घटना पश्चात् इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने जनाइएको छ ।

