अर्थ

अब एक हजारको नोटमा नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको तस्वीर छापिने

काठमाण्डौं, असोज २ । नेपाली एक हजारको नोटमा हात्तीको चित्र परिवर्तन गरिने भएको छ । अहिले रहेको एक हजारको नोटको हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् ।

विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्वीर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् । त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.