खेलकुद संघ \संस्था

मिनी म्याराथनको उपाधि उमेश र भवानीको कब्जामा

झापा, असोज १० । मेचीनगरमा मिनी म्याराथन आयोजना भएको छ । उक्त प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपािलकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १, मेची उद्योग बाणिज्य संघ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले संयुक्तरुपमा मिनी म्याराथन आयोजना गरेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा झापाको मेचीनगरमा शुक्रबार सम्पन्न महिला तथा पुरुष खुला मिनी म्याराथनको उपाधि पुरुषतर्फ तेह्रथुमका उमेश कन्दङ्गवा तथा महिलातर्फ मेचीनगरकी भवानी कामतले जितेका छन् ।

झापाको धुलाबारीबाट काँकरभिट्टासम्मको ६ किलोमिटरको दूरी कन्दङ्गवाले १९ मिनेट तथा कामतीले २५ मिनेट १६ सेकेण्डमा पार गरेका थिए । दुवैले नगद सातरसात हजार र प्रमाणपत्र प्राप्त गरे । यसैगरी पुरुषतर्फ २० मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै तेह्रथुमकै अञ्जित दर्जी दोस्रो तथा मेघराज राई २० मिनेट २० सेकेण्डमा दूरी पार गदैं तेस्रो भए । दुवैले क्रमशः ५ हजार तथा ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

महिलातर्फ २५ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सन्ध्या शर्मा शिवाकोटी दोस्रो तथा २५ मिनेट ५९ सेकेण्डमा दूरी पार गरेर सलिना तामाङ तेस्रो भइन् । दुवैले क्रमशः ५ हजार तथा ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

विजेता धावकहरुलाई १ नम्बर प्रदेश सरकारअन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत, १ नम्बर प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, उपप्रमुख मीना पोखरेल उप्रेती, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौला, मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषि तिम्सिनालगायतले पुरस्कार प्रदान गरेका थियो ।

Leave a Reply

Your email address will not be published.