शिक्षा

काकँरभिट्टा माविमा शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न

झापा, असोज १० । काकँरभिट्टा माविमा शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्यायनरत विद्यार्थीले २०७६ सालको विजय दशमी, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि काकँरभिट्टा माविका प्रधानाध्यापक तुलसी प्रसाद निरौलाले सो कार्यक्रमको उद्घाटन गरेका थिए ।

काकँरभिट्टा माविमा अध्यायनरत विद्यार्थी

काकँरभिट्टा मावि परिसरमा शुक्रबार आयोजना भएको कार्यक्रममा विद्यालयका शिक्षक हरि प्रसाद न्यौपाने, सुबर्ण भट्टराई, पुरुषोतम बराल, रमेश निरौला, भगिरथ राईलगायतको आतिथ्यता रहेको थियो ।

कक्षा १२ मा अध्यायनरत सन्तोष धमलाको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सागर दर्जीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.