झापा, असोज १९ । झापाको मेचीनगर–७ स्थित ईट्टाभट्टा बजार परिसरमा आयोजना भएको कन्सर्टमा सारेगमप लिटिल च्याम्पका सेकेण्ड रनर अप प्रितम आचार्यले मेचीनगरवासीलाई संगीतमा झुमाएका हुन । आचार्यले जहा छन् बुद्धका आखा, सन्देशी आते हे, हजार आँखा मेरोलगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

स्टुडेन्ड राईजिङ्ग टिम मेचीनगरले बडादशैंको अवसरमा आयोजना गरेको लाइभ कन्र्सटमा आचार्य सहित चर्चित राष्ट्रिय गायक तथा संगीतकार कमल रसाईली, विशालदेव श्रेष्ठ, साईकिरण लम्साल, जमीर अली, विकास लिम्बु, वाइजिएम रोशन मेचे, प्रवेस राई लगइन बेण्ड र पञ्चम बेण्ड लगायतका कलाकारहरुले गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसैगरी वेभव ग्यालेक्सी, होलीबेल बोर्डिङ्ग स्कुलका विद्यार्थी, अनमर डान्स स्टुडियो सिलुगढी भारतलगायत स्थानिय कलाकारले नृत्य प्रस्तुत गर्दै कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली र विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, नेकपाका नेता डिल्लीराम घिमिरे, मेचीनगर कार्यापालिका सदस्य सन्तोष मेचे, गंगा पाठक, शिक्षासेवी रुपसागर अधिकारी, अर्जुन राजवंशी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यका स्वकीय सचिव विजय भट्टराई, समाजसेवी भुपाल बुढाथोकी, समाजसेवी खेमराज अधिकारी, चन्दन गौतम, दीपेश पाठमलगायतको आतिथ्यता रहेको थियो ।

स्टुडेन्ड राईजिङ्ग टिमका अध्यक्ष विवेक बुढाथोकीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सचिव रिजेश अधिकारी र अभिषेक श्रेष्ठले गरेका थिए ।

