कला

दुर्गा पुजा आयोजक समितिले गर्‍यो जेष्ठ नागरिक सम्मान

झापा, असोज १९ । बडादशैंको अवसरमा नवरात्री भर घटस्थापना देखि मेचीनगर–८ स्थित मेची विद्योदय प्राथामीक विद्यालय (सेन्ट्री स्कुल) परिसरमा आयोजना भएको दुर्गा पूजा आयोजक समितिले महाअष्टमी पर्वको अवसरमा लक्षवती दिप प्रज्वलन संगै संस्थाका जेष्ठ नागरिक बुबा आमालाइ सम्मान गरेको छ ।

सेन्टरी टोल, सरस्वती टोल, प्रगतिशिल टोल, ॐ श्री हरि ,राधाकृष्ण र पातालगंगा किर्तन मण्डलीको संयूक्त रुपमा आयोजित दुर्गा पुजामा नवरात्र भर भजन किर्तन सहित विशिष्ट धार्मिक ब्याक्तिहरुबाट धार्मीक प्रवचन गरीएको थियो ।

महाअष्टमी पर्वको अवसरमा आयोजित लक्षवती दिप प्रज्वलन तथा जेष्ट नागरिक सम्मान कार्यक्रममा पंडित मेघराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

पंडित अनन्त प्रकाश भट्टराई , टीका राम धमला, गुरु प्रसाद खनाल ,चन्द्रावती पौडेल लक्ष्मी माया देवकोटा, फडिन्द्र खनाल, चन्द्रबहादुर बस्नेत, चन्द्रबहादुर पौडेल, इन्द्र कडरियालगायतको आतिथ्य रहेको थियो ।

दुर्गा पुजा आयोजक मुल समितिका अध्यक्ष सुरेश भट्टराईको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन गिरिराज धमलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.