अर्थ

मेचीनगरका युवा व्यवसायीले फिक्कलमा सञ्चालन गरे रोयल सेनिटरी

झापा, कात्तिक २ । मेचीनगरका युवा व्यवसायीहरुले संयुक्त रुपमा ईलाम जिल्लाको सुर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा रोयल सेनिटरी सञ्चालन गरेका छन् । आईतबार उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले सो व्यवसायको रिवन काटेर विधिवत उद्घाटन गरेका थिए ।

मेचीनगरका युवा व्यवसायीहरु सन्तोष खवास, हेमन्त श्रेष्ठ र पर्वत प्रसाई तथा फिक्कलका रमेश प्रधानले करिब ५० लाखको लागतमा संयुक्त रुपमा व्यवसाय सुरु गरेका हुन् । युवा व्यवसायीहरुले संयुक्त रुपमा सञ्चालन गरेको रोयल सेनेटरीमा मार्वल, टायल्स, पाईप फिटिङ्ग, सेनिटरी आईटमलगायतका सामानहरु उपलब्ध हुने जनाएका छन् ।

फिक्कलमा नै पहिलो मार्वल, टायल्स, पाईप फिटिङ्ग, सेनेटरी आईटमलगायतका सामानहरु पाउने सो स्थानमा विर्तामोडको भन्दा सुफत मुल्यमा सामानहरु ग्राहकहरुले पाउने सञ्चालक हेमन्त श्रेष्ठले बताए ।

उद्घाटमा सत्रमा सुर्योदय नगर पालिका वडा न १० का वडाअध्यक्ष पेमा उर्गेन लामा (भाजुन), भुतपुर्व अध्यक्ष डम्बरबहादुर प्रधान, बुद्ध वाणी एम एम फिक्कलका अध्यक्ष दिनेश महतलगायतको आतिथ्यता रहेको थियो ।